ललिता निवास जग्गा प्रकरण: जग्गा व्यक्तिको नाममा लैजाने कर्मचारी र बिचौलियासहित १२ जना दोषी

Thankot Times

थानकोट ।

विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने कलाधर देउजा, मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीसहित १२ जनालाई दोषी ठहर गरेको छ।

त्यस्तै सो जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि दोषी ठहर गरेको छ।

विशेष अदालतले सुवर्ण शमसेरका परिवारलाई पनि दोषी ठहर गरेको हो ।

विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो । दोषी ठहर हुने अन्यमा सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ साल माघ २२ मा ११० जनासँग बिगो र कैद तथा ६५ जनाबाट जग्गा जफत गर्ने सम्बन्धी अभियोगमा मुद्दा दायर गरेको थियो । फैसला सुनाउने क्रम जारी रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ