कृषि विकास बैंकले माग्यो विभिन्न तहका १ सय १२ जना कर्मचारी

Thankot Times

थानकोट ।

कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

आज एक सूचना जारी गर्दै बैंकले आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको हो ।

स्थायी दरबन्दीको लागि विभिन्न पद गरी कुल ११२ जना कर्मचारी माग गरिएको छ ।

योग्यता पुगेका नागरिकले अनलाइनमार्फत आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

तोकिएको दस्तुर तिरेर चैत १ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । दोब्बर दस्तुर तिरेर भने थप एक सातासम्म आवेदन दिन सकिनेछ ।

अनलाइन दरखास्त पेश गर्न यो लिंकमा क्लिक गर्नुहोस् ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *