प्रहरी वृत्त थानकोटमा वेवारिसे अवस्थामा रहेका १३५ थान मोटरसाइकल हकदाबी गर्न १५ दिने म्याद

Thankot Times

थानकोट ।

प्रहरी वृत्त थानकोटले वृत्त हातामा वेवारिसे अस्थामा रहेका विभिन्न कम्पनीका १३५ थान मोटरसाइकल हकदाबी गर्न १५ दिने सूचना जारी गरेको छ ।

वृत्त प्रमुख डिएसपी नारायण प्रसाद अधिकारीका अनुसार १५ दिन भित्र ती मोटरसाइकलमाथि कसैबाट दाबी नपरेमा नियमानुसार लिलामी प्रकृया अघि बढाइनेछ ।

वृत्तमा विभिन्न कम्पनी र मोडलका १३५ थान मोटरसाइकल वर्षाैदेखि वेवारिसे अवस्थामा छन् । ती मध्ये केही मोटरसाइकाल दुर्घटनामा परेका हुन भने केही वेवारिसे अवस्थामा फेला परेको बताइएको छ।

कतिपय मोटरसाइकल विभिन्न कारण नियन्त्रणमा लिइएको प्रहरी वृत्त थानकोटले जनाएको छ।

प्रतिकात्मक तस्बिर

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ