कस्तो रहला आज शनिबार दिनभरको माैसम ?
थानकोट ।
जल तथा मौसम विज्ञान विभागले पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहँदा आज बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको जनाएको छ । बाँकी भू-भागको मौसम मुख्यतया सफा छ ।
चन्द्रागिरि नगर क्षेत्रमा समेत अहिले बिहान आंशिक बदली रहेको छ ।
शनिबार अनुसार दिउँसो कोसी, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशीसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
विभागका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।
बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।










