कस्तो रहला आज सोमबार दिनभरको माैसम ?

Thankot Times

थानकोट ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहँदा आज केही प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको हो । महाशाखाका अनुसार अहिले बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ । बागमती र कोसी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

बाँकी भू-भागको मौसम मुख्यतयाः सफा छ । 

विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

महाशाखाका अनुसार आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 

उच्च पहाडी तथा हिमाली भू–भागका एकदुुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *