बिहानैबाट धुम्म छ आकाश, चन्द्रागिरि क्षेत्रमा मध्यान्हपछि वर्षाको सम्भावना अधिक

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगर क्षेत्रको आकाश अहिले बिहान पूर्णतया बदली भइरहेको छ ।

हिजो राति यस क्षेत्रमा हल्का वर्षा भएको थियो । केहीदिन यता बढेको यस क्षेत्रको तापक्रम वर्षा भएसँगै पुनः घट्न थालेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

महाशाखाका अनुसार आज काठमाडौंसहित देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

सो समयअघि भने घाम लाग्न सक्ने महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए । “आइतबार बिहान मौसममा सुधारजस्तो देखिन्छ । सफाजस्तै हुनेछ,” उनले भने, “१२–१ (दिउँसो) बजेपछि वर्षाको सम्भावना छ ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *