कपाल काट्ने तालिम कार्यक्रम सञ्चालन गर्दै चन्द्रागिरि नगर

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले विभिन्न सीपमुलक तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नगरको आर्थिक वर्ष २०८०-८१ को स्वीकृत कार्यक्रम अन्तर्गत गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत विभिन्न विषयमा तालिम कार्यक्रम सञ्चालन हुन लागेको हो ।

चन्द्रागिरि नगरपालिकाको आर्थिक विकास शाखाका अनुसार ती तालिम कार्यक्रम अन्तर्गत सिलाई, कटाईको आधारभूत ज्ञान भएका व्यक्तिका लागि १ महिने स्तरोन्नति तालिम, कलात्मक काष्ठ कला सम्बन्धी तालिम र कपाल काट्ने तालिम सञ्चालन हुन लागेको हो ।

कलात्मक काष्ठकला सम्बन्धी तालिम २ महिनाको हुनेछ भने सिलाई, कटाई र कपाल काट्ने तालिम एक महिनाको हुनेछ ।

नगरपालिकाले सञ्चालन गर्ने ती तालिम कार्यक्रममा सहभागिताका लागि चैत्र १९ गतेसम्म सम्पर्क राख्न सकिने नगरको आर्थिक विकास शाखा प्रमुख राजु बहादुर खड्काले जानकारी दिए । नगरमा बेरोजगार रहेका नागरिकहरूका लागि छोटो अवधिमै सीप सिक्दै आयआर्जनको ढोका खोल्न थप विषयमा तालिम कार्यक्रम सञ्चालन गर्न लागिएको चन्द्रागिरि नगरका प्रवक्ता कृष्ण प्रसाद खड्गीले बताए । प्रवक्ता खड्गीका अनुसार चन्द्रागिरि नगरले गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत चन्द्रागिरि नगरपालिकाबाट विभिन्न समयमा सञ्चालन भएका तालिम/प्रशिक्षण लिएका प्रशिक्षार्थीहरूले सुरु गरेका व्यापार, व्यवसाय तथा सेवाहरूको प्रवर्द्धनका लागि वडागत रूपमा शहरी बजार सञ्चालन गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *