हाइभिजन कोलोनी समाजद्वारा भोटेकोशी बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

Thankot Times

थानकोट ।

गत भदाै १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीपछि निम्तिएको विपद् बाट प्रभावित भएका नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघ संस्थाहरूले आर्थिक भाैतिक सहयोग गर्ने क्रम जारी छ । 

कतिपय संघसंस्थाले घटनास्थल (नुवाकोट, धादिङ लगायतका स्थान) पुगेरै सहयोग गर्दै आएका छन् भने कतिपयले सरकारले व्यवस्था गरेको कोषमार्फत सहयोग गरिरहेका छन् । 

चन्द्रागिरि नगरपालिका क्षेत्रभित्रका विभिन्न संघसंस्थाहरूले पनि यस विपद् मा खुलेर सहयोग गरिरहेको विवरण सार्वनजनिक भइरहेको छ । यसैबीच, चन्द्रागिरि नगरपालिका-७ थानकोट चेकपोष्टस्थित हाइभिजन कोलोनी समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५१ हजार १ सय रुपैयाँ सहयोग गरेको छ ।

समाजका तर्फबाट अध्यक्ष ताराबहादुर केसीले सोमबार (भदाै १५ गते) उक्त रकम कोषमा दाखिला गरेका हुन् ।

समाजले नियमित रुपमा विभिन्न परोपकारी कार्यहरूमा समेत सहयोग उपलब्ध गराउँदै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *