चन्द्रागिरि क्षेत्रमा निरन्तर झरी, कस्तो रहला दिनभरको माैसम ?

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगर क्षेत्रमा गए राति देखिनै वर्षा जारी छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही प्रदेशमा गएरातिदेखि वर्षा भइरहेको छ ।

देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा गएरातिदेखि नै हल्का वर्षा भइरहेको छ ।

“काठमाडौंका केही स्थानमा अहिले पनि वर्षा भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा अहिले केही समयदेखि वर्षा रोकिएको छ,” मौसमविद् शान्ति कँडेलले भनिन्, “अन्य भू–भागमा सिमसिम वर्षा भइरहेको छ ।” 

 दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । 

“आज काठमाडौंमा केही समय पानी पर्ने र रोकिने हुन्छ । बिहान ११/१२ बजेसम्म केही समय पानी पर्ने र केही समय रोकिने हुन्छ,” मौसमविद् कँडेल भन्छिन्, “त्यसपछि २ बजेदेखि साँझसम्म नै पुनः पानी पर्ने र रोकिने भइरहन्छ ।” ठूलो वर्षा भने हुने छैन । हल्का वर्षा मात्रै हुनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *