चन्द्रागिरिमा बिहानैदेखि बदली र वर्षा, दिउँसो घाम नलाग्ने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रसहित काठमाडाैंका अधिकांश क्षेत्रमा बिहीबार बिहानैबाट वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै रहँदा केही दिनसम्म पानी परिरहनेछ।

आगामी शनिबारसम्म मुलुकका सबै ठाउँमा मौसम बदली रहिरहने विभागको भनाइ छ ।

पछिल्लो २४ घन्टामा सबैभन्दा बढी पानी लमजुङको कुन्छामा परेको छ। त्यहाँ ६१ मिलिमिटर पानी परेको बताइएको छ।

काठमाडौं उपत्यकामा आज दिनभरि नै घाम नलाग्ने र पानी पर्ने र रोकिने क्रम रहिरहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *