बिहानैबाट धुम्म छ आकाश, मध्य चैत्रमा चिसो

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रमा अहिले बिहान पूर्णतयाः बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती प्रदेशसहितका केही स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। 

बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागले दिउँसो पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । 

हिजोसम्म पश्चिमी न्यूनचापीय प्रणालीको असर रहे पनि आज भने नेपालमा स्थानीय वायुको मात्रै प्रभाव रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *