नयाँ नैकाप खानेपानीकाे निर्वाचन: १०४५ मत खस्याे, मतगणना जारी

Thankot Times

थानकोट ।

नयाँ नेतृत्व चयनका लागि नयाँ नैकाप खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे निर्वाचनमा ५० प्रतिशत मत खसेको छ ।

शनिबार सम्पन्न मतदान कार्यक्रममा कुल २०६२ मध्ये १०४५ मत खसेको बताइएको छ।

प्राप्त पछिल्लो जानकारी अनुसार अहिले मतगणना कार्य जारी छ ।

राजनीतिक दलीय गठबन्धन र स्वतन्त्र गरि दुई समुह चुनावी स्पर्धामा छन् । ३ जना महिलासहित ९ सदस्य पदका दुई प्यानलका २१ जना चुनावी मैदानमा छन् ।

थानकोट टाइम्सलाई प्राप्त पछिल्लो मतपरिणाम अनुसार ७ सय मतगणना भइसक्दा राजनीतिक दलीय गठबन्धन प्यानल ८ र स्वतन्त्र प्यानल १ सदस्य पदमा अगाडी रहेकाे छन् ।

मतगणनाकाे अन्तिम परिणाम बिहान १० बजेसम्म सार्वजनिक भइसक्ने अनुमान गरिएको निर्वाचन कार्यक्रममा खटिएका एक प्रतिनिधिले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *