‘बद्री बहादुर’ नचले कलाकारिता छोड्ने जयकिशन बस्नेतको घोषणा

Thankot Times

थानकोट ।

निर्देशक शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’ यही शुक्रबारबाट देशभर रिलिज हुँदैछ।

फिल्म युनिटले बुधबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा फिल्मका मुख्य कलाकार जयकिशन बस्नेतले यो फिल्म नचले आफूले कलाकारिता छोड्ने घोषणा गरे।

‘मैले निर्माण गरेका फिल्ममध्ये पछिल्लो फिल्म ‘धुम ४’ असफल भयो। त्यो असफलताको दुःख मलाई छ। यसपटक दर्शकका लागि हँसाउने फिल्म निर्माण गरेको छु। यो फिल्म चलेन भने म कलाकारिता नै छोड्छु’, उनले भने।

फिल्म कमेडी र एक्सनको समिश्रण भएकाले दर्शकका लागि फिल्मले फरक स्वाद दिने बताए।

‘शुक्रबार, शनिबार र आइतबार फिल्म मज्जाले चल्छ। चलेन भने मेरो कलाकारिताले विश्राम लिन्छ’, जयकिशनले भने।

निर्देशक शोभित बस्नेतले ‘बद्री बहादुर’ मौलिक मसलेदार फिल्म बनेकाले दर्शकले रुचाउने दाबी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ