चन्द्रागिरि नगरपालिका-१२ बलम्बु रानिवनमा भीषण आगलागी, नियन्त्रण प्रयास जारी

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका-१२ बलम्बु चुनदेवी नजिकै जंगलमा भीषण आगलागी भएको छ । 

बेलुकी करिब ६ बजेबाट सो स्थानमा आगलागी सुरु भएको हो । अहिले पनि आगो नियन्त्रणमा आउन सकेको छैन् । 

प्रहरी प्रभाग बलम्बुबाट प्रहरी निरिक्षकको टोली आगलागी नियन्त्रणमा खटिएको बताइएको छ ।

आगलागीबाट कुनै मानवीय क्षति भएको विवरण प्राप्त नभएको प्रहरी प्रभाग बलम्बुले जनाएको छ ।

स्थानीय, वन विहार गर्न पुग्नेहरू तथा सवारी साधन चालकहरूको असावधानीका कारण सो क्षेत्रमा वर्षेनी आगलागीका घटना भइ रहेता पनि क्षति न्यूनीकरणमा स्थानीय निकाय तथा सरोकारवालाहरूले ध्यान दिएका छैनन् ।

फाइल तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *