चन्द्रागिरि नगरका विभिन्न रुटमा यातायात सञ्चालन गर्न प्रस्ताव नपरेपछि तेस्रोपटक सूचना जारी
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा सार्वजनिक यातायात संचालनको लागि प्रस्ताव पेश गर्न तेस्रोपटक सूचना जारी गरेकाे छ ।
यसअघि असाेज २ गते र कार्तिक १२ गते नगरपालिकाले नगर क्षेत्रका विभिन्न पाँच रूटमा सार्वजनिक यातायात सञ्चालनका लागि प्रस्ताव आह्वान गरेकोमा साे प्रस्तावमाथि कुनै यातायात सेवा प्रदायकबाट प्रस्ताव नपरेपछि नगरपालिकाले चैत्र २१ गते पुनः सूचना जारी गरी चन्द्रागिरि नगरपालिका १ दहचोकको सुरुङ मार्ग-पञ्चकन्या-ईन्द्रदह-स्वीजरल्याण्ड पार्क-कंकाली मावि हुँदै रत्नपार्क रूटमा सार्वजनिक यातायात सञ्चालनका लागि पुनः प्रस्ताव मागेको हाे ।
चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरि ८ मातातीर्थस्थित भकुण्डे चाैर-बैकुण्ठ धाम- मातातीर्थ कुण्ड हुँदै रत्नपार्क रूटमा पनि सार्वजनिक यातायात सञ्चालनका लागि समेछ प्रस्ताव आह्वान भएको छ ।
यस्तै चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँस्थित बोहरा चाैतारा-चुनदेवी-मच्छेगाउँ-टाैखेल-नयाँ बस्ती-तीनथाना हुँदै रत्नपार्क रूट तथा बोहरा चाैतारा-खुशीखुशी चोक-बोसिंगाउँ- रत्नपार्क र चन्द्रागिरि १३ पुरानो नैकापको किटिनी भञ्ज्याङ-फुटबल ग्राउण्ड-वडा कार्यालय-खड्का गाउँ हुँदै रत्नपार्क रूटमा सार्वजनिक यातायात सञ्चालनका लागि चेत्र २८ गतेभित्र प्रस्ताव पेश गर्न चन्द्रागिरि नगरपालिकाले सूचना जारी गरेको छ ।
यी रूटमा सार्वजनिक यातायात सञ्चालनका लागि कम्तीमा ४ वटा बस सञ्चालन हुनुपर्ने बताइएको छ।
सूचना हेराैंः












