चन्द्रागिरि नगरमा ‘क्लोथ बैंक’ सञ्चालन हुँदै, महानायक राजेश हमालले गर्दैछन अभियानको सुरुवात
थानकोट ।
चन्द्रागिरि नगरमा पनि क्लोथ बैंक सञ्चालनमा आउने भएको छ ।
भोलि (आइतबार) महानायक राजेश हमालको उपस्थितिमा चन्द्रागिरि नगरपालिकामा क्लोथ बैंक अभियानको थालनी हुने कार्यक्रम छ ।
मानव सेवाका लागि देशका सात वटै प्रदेशमा सञ्चालन हुन लागेको क्लोथ एन्ड फुड बैंक नेपालले प्रयोगमा नआएको घरमा यत्तिकै रहिरहेको पुरानो लत्ता कपडा सञ्चालन गरी पुन: प्रशोधन गरेर आवश्यक पर्नेहरूका लागि निःशुल्क वितरण गर्ने उद्देश्य छ ।
देशका सातै प्रदेशमा शोरुमहरु सञ्चालन गरेर जो कोहीले प्रयोग गर्न मिल्ने क्लोथ एन्ड फुड बैक नेपालका अध्यक्ष कमल जीसीले बताए ।
क्लोथ एन्ड फुड बैक सञ्चालनमा ल्याउने चन्द्रागिरि नगर काठमाडाैंको दोश्रो स्थानीय तह हुनेछ, यसअघि टोखा नगरपालिकामा सो अभियान सुरु भइसकेको छ ।










