बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भीषण आगलागी, नियन्त्रण प्रयास जारी (फोटो फिचर)

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा सोमबार अपरान्हबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् ।

आगलागीबाट सशस्त्र प्रहरीको बन्दोबस्तीका सामान जलेका छन् ।

आगलागी नियन्त्रणका लागि विभिन्न स्थानबाट दमकल बोलाइएतापनि सो नियन्त्रणमा आउन सकेको छैन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयका पानी ट्यांकरसमेत परिचालन गरिएका छन् ।

चन्द्रागिरि क्षेत्रमा अहिले साँझ तीव्रगतिमा हावा चलिरहँदा आगलागीबाट निस्किएको धुँवा कीर्तिपुर लगायतका स्थानमा समेत प्रष्ट देख्न सकिन्छ । आगो निभाउने प्रयास भइरहेको प्रहरी वृत थानकोटका डीएसपी सुर्य सुवेदीले थानकोट टाइम्सलाई बताए ।

बलम्बुस्थित एपीएफ अस्पतालसँगै रहेको बहुउद्देश्यीय भवनको केन्द्रीय स्टोरमा लत्ताकपडा र बुट लगायका बन्दोबस्तीका सामान भण्डारण गरिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *