न्युजिल्याण्डका भलिबल खेलाडी चन्द्रागिरिमा, न्यु डायमण्ड एकेडेमीको भ्रमण गर्ने इच्छा

Thankot Times

थानकोट । 

ओशियाना मुलुक न्युजिल्याण्डको भलिबल टिमका सदस्यहरू यतिबेला नेपाल भ्रमणमा छन् । 

नेपाल भलिबल संघका उपाध्यक्ष भरत बहादुर शाहको निमन्त्रणामा नेपाल आएका किवीज खेलाडीहरूको टोलीले बुधबार चन्द्रागिरि हिल्स भ्रमण गरेको छ । 

सो टोलीलाई चन्द्रागिरि नगरका प्रवक्ता कृष्णप्रसाद खड्गी, नैकापस्थित न्यु डायमण्ड स्पोर्ट्स एकेडेमीका किरण कार्की, सो क्लबका खेलाडीहरू लगायतले चन्द्रागिरि हिल्समा स्वागत गरेका थिए ।

सो क्रममा चन्द्रागिरि नगरपालिका वडा नं. ७ का वडाध्यक्ष शम्भुकुमार केसीको समेत उपस्थिति रहेको थियो ।

नेपाल भ्रमणका न्युजिल्याण्डका पिटर स्प्रिन्जर, जेम आरनो डी क्लोलेल, पिटर भान टारेल लगायत छन् । सो टोलीले नैकापस्थित न्यु डायमण्ड स्पोर्ट्स एकेडेमीको भ्रमणको इच्छा देखाएको प्रवक्ता खड्गीले जानकारी दिनुभयो । 

सबै तस्बिर चन्द्रागिरि नगर प्रवक्ताकाे फेसबुक पेजबाट ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *