नागढुङ्गाबाट समातिए २ जना युवा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-४ बस्ने ३४ वर्षीय प्रज्वल हराचन र काठमाडौं तारकेश्वर नगरपालिका-१६ माछापोखरी बस्ने २१ वर्षीय सुलभ तामाङ रहेका छन् ।

प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र ०१-००६ ख ५२१७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *