बहुप्रतिक्षित नागढुंगा सुरुङ मार्गको मूल सुरुङ छिचोलियो, सञ्चालनमा आउन अझै १ वर्ष

Thankot Times

थानकोट ।

राष्ट्रिय गाैरवको आयोजनाका रूपमा रहेको नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्गको मुख्य सुरुङ छिचोलिएको छ ।

सोमबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सो सुरुङ मार्गको मुख्य सुरुङ ब्रेक-थू गरिएको हो।

सुरुङ मार्गको मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर लामो रहेको छ ।

मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत साउन २२ गते नै ब्रेक-थ्रू भइसकेको छ ।

सुरुङ खन्ने कार्य सकिएपनि फिनिसिङ लगायतको कार्य बाँकी रहेकोले सवारी साधन गुड्न भने अझै एक वर्ष लाग्ने सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

२०७७ साल पुसबाट सुरुङमार्ग निर्माणको कार्य सुरु भएको हो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *