बजेट वक्तव्य-२०८१ः त्रिवि क्रिकेट मैदानको स्तरोन्नति गरिने

Thankot Times

थानकोट ।

अर्थमन्त्री वर्षमान पुनले खेल क्षेत्रको पुर्वाधार विकासका लागि एक अर्ब ३० करोड बजेट छुट्ट्याएको घोषणा गरेका छन् ।

मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले खेल क्षेत्रको पूर्वाधार विकासको लागि एक अर्ब ३० करोड बजेट छुट्याएको घोषणा गरेका हुन् ।

उनले त्रिवि क्रिकेट मैदानको स्तरोन्नति गरिने बताए ।

साथै, गौतम बुद्ध रंगशालालाई प्रदेश र स्थानीय तहको सहकार्यमा निर्माण गरिने बताए ।

त्यस्तै, उनले खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड बजेट विनियोजन गरेको जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *