क्रिकेटर सन्दीपले पाएनन अमेरिकाको भिसा

Thankot Times

थानकोट ।

क्रिकेटर सन्दीप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन पुनः अस्वीकार गरेको छ ।

बिहीबार दोस्रोपटक अन्तर्वार्ताका लागि पुगे पनि दूतावासले भिसा दिन अस्वीकार गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

यसअघि सन्दीप जेठ ९ गते पहिलोपटक भिसाका लागि दूतावासमा अन्तर्वार्ताका लागि पुगेका थिए । तर, उनको प्रयास असफल भएको थियो ।

पहिलो पटकको प्रयास असफल भएपछि परराष्ट्र मन्त्रालयको अनुरोधपछि पुनः अन्तर्वार्ताका लागि सन्दीप दूतावास पुगेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *