विश्वकप क्रिकेटः निरन्तरको वर्षापछि नेपाल र अमेरिकाबीचको अभ्यास खेल रद्द

Thankot Times

थानकोट ।

टी-२० विश्वकप क्रिकेटको तयारी स्वरूप हिजो बिहीबारका लागि तय भएको नेपाल र अमेरिकाबीचको अभ्यास खेल वर्षाका कारण रद्द भएको छ ।

अमेरिकाको डल्लासमा टस भए पनि वर्षा नरोकिएपछि खेल सुरु नै नभइ रद्द भएको हो ।

टस जितेर अमेरिकाले ब्याटिङको निर्णय लिँदै नेपाललाई फिल्डिङमा निम्त्याएको थियो ।

यसअघि नेपालले पहिलो अभ्यास खेलमा क्यानडाविरुद्ध ६३ रनको हार बेहोरेको थियो ।

विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *