टी-२० विश्वकप क्रिकेट सुरु, पहिलो खेलमा अमेरिका र क्यानडाबीच खेल जारी

Thankot Times

थानकोट ।

आईसीसी टी-२० विश्वकप २०२४ आजबाट अमेरिकामा सुरु भएको छ ।

उद्घाटन खेलमा बिहान ६:१५ बजेबाट क्यानडाले अमेरिकाविरुद्ध ब्याटिङ सुरु गरेको छ ।

डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा घरेलु टाेली अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि क्यानडाले ब्याटिङ सुरु गरेको हो ।

नेपालले भने मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै टी–२० विश्वकपमा सुरुवात गर्नेछ । समूह डी मा नेपाल, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । समूह ए मा पाकिस्तान, भारत, आयरल्यान्ड, क्यानडा र अमेरिका छन् ।

समूह बी मा स्कटल्यान्ड, ओमान, इंग्ल्यान्ड, अष्ट्रेलिया र नामिबिया छन् । समूह सी मा पपुवा न्युगिनी, न्युजिल्यान्ड, वेष्टइण्डिज, अफगानिस्तान र युगाण्डा छन् ।

हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् । सुपर ८ मा दुई समूह हुनेछन् ।

जसबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *