टी-२० विश्वकप क्रिकेटः आयोजक वेस्ट इन्डिजको विजयी सुरुवात, नामिबिया र ओमनबीच खेल जारी
थानकोट ।
आईसीसी टी-२० विश्वकपको दोस्रो खेलमा सह-आयोजक वेस्ट इन्डिले पपुवा न्युगिनी (पीएनजी) लाई ५ विकेटले हराएको छ ।
आइतबार राति सम्पन्न खेलमा जितका लागि १ सय ३७ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले १९ औँ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।
विश्वकप क्रिकेट अन्तर्गतको तेस्रो खेलमा अहिले नामिबिया र ओमानले प्रतिस्पर्धा गर्दैछन्।
नामिबियाले केन्सिङ्टन ओवल, बार्बाडोस मैदानमा टस जितेर सुरुमा फिल्ड रोज्ने निर्णय गरेसँगै ओमानले पहिला ब्याटिङ गरिरहेको छ ।
प्रतियोगिता अन्तर्गत आज राति ८ः१५ बजे दक्षिण अफ्रिका र श्रीलंकाबीच खेल हुने तालिका रहेको छ ।














