टी-२० विश्वकप: नेपालको खराब शुरुवात, नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित

Thankot Times

थानकोट ।

जारी टी-२० विश्वकप क्रिकेटमा नेपालले हारबाट शुरुवात गरेको छ ।

मंगलबार राति सम्पन्न खेलमा नेपाल नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १०७ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले १८.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेदरल्याण्डसको जितमा म्याक्स ओ डाउडले अविजित ५४ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंङ गरेको नेपालले १९.२ ओभरमा अल आउट हुँदै १०६ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए भने गुलशन झाले १४, कारण केसीले १७ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले ७, आसिफ सेखले ४, अनिल शाहले ११, कुशल मल्लले ९, दिपेन्द्र सिंह ऐरीले १ र सोमपाल कामी शुन्यमा आउट भएका थिए ।

त्यस्तै नेदरल्याण्ड्सका बलर लोगान भान बीक र टिम प्रिंगलले समान ३-३ विकेट लिए भने बास डी लीड र पाउल भान मीकेरेनले २-२ विकेट लिएका थिए ।

यो जितपछि नेदरल्याण्डसले समुह डी मा महत्वपूर्ण २ अंक हासिल गरेको छ ।

अब नेपालले अर्को खेल जुन १२ मा श्रीलंकाविरुद्ध खेल्ने छ भने नेदरल्याण्ड्सले जुन ८ मा दक्षिण अफ्रिकाविरुद्ध खेल्ने छ ।

हिजो नै सम्पन्न दिनको दोश्रो खेलमा इंग्ल्याण्ड र स्कटल्याण्डले समान १-१ अंक बाँढेका छन्। वर्षाका कारण १० ओभरमा छोट्याइएको खेलमा इंग्ल्याण्डले ब्याटिङ गर्नुअघि खेल रोकिएपछि दुवै टोलीले अंक बाँढेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *