टी-२० विश्वकप क्रिकेटः भारतको विजयी सुरुवात, अहिले दुई खेल हुँदै
थानकोट ।
जारी आईसीसी ट्वान्टी-२० विश्वकपमा भारतले आयरल्यान्डमाथि ८ विकेटको सहज जित निकालेको छ ।
बुधबार न्यूयोर्कमा ९७ रनको लक्ष्य पाएको भारतले १२.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।
भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५२ रन बनाए । यसैगरी, रिशव पन्तले ३६ रन बनाउँदा सूर्यकुमार यादवले दुई र विराट कोहलीले एक रन बनाए ।
त्यसअघि टस हारेर सुरुमा ब्याटिङ गरेको आयरल्यान्डले १६ ओभरमा सबै विकेट गुमाएर ९६ रनमात्र बनाएको थियो ।
प्रतियोगिताको समूह ‘ए’मा रहेका दुवै टिमको यो पहिलो खेल हो ।
प्रतियोगिता अन्तर्गत अहिले पपुवा न्यूगिनी र युगाण्डा तथा अष्ट्रेलिया र ओमानबीच खेल जारी छ ।
आज राति पाकिस्तान र अमेरिकाबीच राति ९ः१५ बजे खेल हुनेछ भने मध्यरातको १२ः४५ बजे स्कटल्याण्ड र नामिबियाबीच खेल हुने तालिका छ ।














