फिफा विश्वकप छनोट: नेपालको पोष्टमा यूएईको ४ गोल

Thankot Times

थानकोट ।

फिफा विश्वकप छनोट २०२६ तथा एसिया कप छनोटको दोस्रो चरणमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध खेलिएको दोश्रो लेगमा पनि नेपालले हार व्यहोरेको छ । 

दशरथ रंगशालाको मैदान खेल्न अयोग्य ठहरिएपछि बिहीबार साउदी अरेबियाको प्रिन्स मोहम्मद बिन फाद रंगशालामा सम्पन्न खेलमा यूएईलाई नेपालमाथि ४-० जित दिलाउन हरिब अब्दल्लाह अलमुसारखले दुई गोल गरेका थिए ।

अलि सलेह र हजिम मोहम्मद अब्दुल्लाह अब्बासले समान १-१ गोल थपे ।

छनोटको समूह ‘एच’मा रहेको नेपाल तालिकाको पुछारमा छ ।

छनोटमा अपराजित यूएई भने १५ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

नेपालले अब छनोटको दोस्रो चरणको अन्तिम खेलमा जेठ ११ गते यमन विरुद्ध सोही स्टेडियममा खेल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *