टी-२० विश्वकप क्रिकेट: आयरल्यान्ड क्यानडासँग पराजित, अहिले २ खेल जारी

Thankot Times

थानकोट ।

जारी टी-२० विश्वकप क्रिकेटमा आयरल्यान्ड क्यानडासँग पराजित भएको छ ।

न्यूयोर्कमा शुक्रबार राति भएको खेलमा क्यानडाले दिएको १३८ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड पूरै २० ओभरमा ७ विकेटर गुमाएर १२५ रनमा समेटिएको हो ।

आयरल्यान्डलाई जितका लागि अन्तिम ओभरमा १७ रनको आवश्यकता थियो ।

तर, अन्तिम ओभर बलिङका लागि आएका जेरेमी गोर्डोनले एक विकेट लिएर चार रन मात्रै खर्चिएपछि आयरल्यान्डमाथि क्यानडाले १२ रनको जित निकाल्न सफल भयो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रनको योगफल तयार पारेको थियो ।

प्रतियोगितामा क्यानडाको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा क्यानडा अमेरिकासँग ७ विकेटले पराजित भएको थियो । जितसँगै क्यानडा २ खेलबाट २ अंक जोडेर क्यानडा समूह ‘ए’को तेस्रो स्थानमा उक्लिएको छ । लगातार दोस्रो हार ब्यहोरेको आयरल्यान्ड भने समूहको पुछारमा छ ।

प्रतियोगिता अन्तर्गत अहिले श्रीलंका र बंगलादेश तथा न्युजील्याण्ड र अफगानिस्तानबीच खेल भइरहेको छ ।

आज राति अष्ट्रेलिया र इंगल्याण्ड तथा नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबीच खेल हुने तालिका रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *