टी-२० विश्वकपः युगाण्डामाथि घरेलु टोली वेस्ट इण्डिजको फराकिलो जित
थानकोट।
जारी आईसीसी टी-२० विश्वकपमा वेस्ट इन्डिजले दिएको १७४ रनको लक्ष्य पछ्याएको युगान्डा ३९ रनमा समेटिएको छ।
नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा टस जितेर सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजले ५ विकेटको क्षतिमा पुरै २० ओभर खेल्दै १७३ रन बनाएको थियो।
१७४ रनको लक्ष्य पछ्याएको गुगान्डा १२ ओभरमा सबै विकेट गुमाएर ३९ रनमा समेटिएको हो।
युगान्डाले पावर प्लेमा मात्र ५ विकेट गुमाएर २२ रन जोड्न सक्यो।
१० ओभरमा युगान्डाले ८ विकेट गुमाएर मात्र ३१ रन बनायो।
युगान्डाका लागि वेस्ट इन्डिजविरुद्ध जुमा मियागीले १३ रन जोड्नु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
युगाण्डाले बनाएको ३९ रन जारी विश्वकपमा कुनै पनि टोलीले अलआउट हुनुपूर्व बनाएको सबैभन्दा कम स्कोर हो ।
प्रतियोगितामा आज राति भारत र पाकिस्तान तथा ओमन र स्कटल्याण्डबीच खेल हुने तालिका रहेको छ ।
तस्बिरः आईसीसी














