विश्वकप फुटबल छनौटः नेपालले आज यमनसँग खेल्दै

Thankot Times

थानकोट ।

फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपालले आज यमनसँग खेल्दैछ ।

साउदी अरबस्थित प्रिन्स मोहमद बिन फहद स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ११:४५ बजेदेखि शुरु हुनेछ ।

यस अघि गत बिहीबार भएको खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको थियो  ।

नेपालको घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि ‘न्युट्रल भेन्यू’ को रुपमा साउदी अरबमा खेलाइन लागेको हो ।

एएफसीले दशरथ रंगशालाको पूर्वाधार अन्तर्राष्ट्रिय खेल खेलाउन मिल्ने नभएको बताएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो ।

नेपालले यसअघि पनि घरेलु मैदानमा खेल्नुपर्ने बहराइनविरुद्ध खेल पनि बहराइनमै खेलेको थियो ।

समुह एचमा रहेको नेपालले यस विश्वकप छनौटमा लगातार पाँचौं हार बेहोरेको छ ।

नेपाल यसअघि यमनसँग गत नोभेम्बर २१ मा भएको खेलमा २-० ले पराजित भएको थियो  ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *