टी-२० विश्वकप क्रिकेटः भारत सुपर-८ मा, वेस्ट इन्डिज र न्युजील्याण्डबीच खेल जारी

Thankot Times

थानकोट ।

घरेलु टोली अमेरिकाविरुद्ध सात विकेटको जित निकाल्दै भारत समूह चरणको अन्तिम १ खेलअगावै आईसीसी ट्वान्टी-२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ ।

बुधबार न्यूयोर्कमा भएको खेलमा अमेरिकाले प्रस्तुत गरेको १११ रनको लक्ष्य भारतले १८.२ ओभरमा तीन विकेट गुमााएर पूरा गर्‍यो ।

टस हारेर फिल्डिङमा आएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११० रनको योगफल खडा गरेको थियो ।

जितसँगै तीन खेलबाट ६ अंक जोडेको भारतले सुपर–८ मा स्थान पक्का गरेको हो । यसअघि पहिलो खेलमा भारतले आयरल्यान्डविरुद्ध आठ विकेटको र पाकिस्तानविरुद्ध ६ रनको जित निकालेको थियो ।

समान खेलबाट चार अंक जोडेको अमेरिका तालिकाको दोस्रो स्थानमा यथावत् छ । अमेरिकाले पहिलो खेलमा क्यानडाविरुद्ध सात विकेटको र दोस्रो खेलमा पाकिस्तानविरुद्ध सुपर ओभरमा जित निकालेको थियो ।

प्रतियोगिता अन्तरगत अहिले समुह सी मा रहेका न्युजिल्याण्ड र वेस्ट इन्डिजबीच खेल भइरहेको छ। यो खेल जितेमा घरेलु टोली वेस्ट इन्डिज सुपर ८ मा पुग्नेछ । न्युजील्याण्ड भने पहिलो जितको खोजीमा रहनेछ ।

आज साँझ बंगलादेश र नेदरल्याण्ड्स बीच साँझ ८ः१५ बजे खेल हुनेछ । मध्यरातको पाैने १ बजे इंग्ल्याण्डले ओमानको सामना गर्ने तालिका छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *