युरो कप २०२४-आयोजक जर्मनीको विजयी सुरुवात, स्कटल्याण्ड ५-१ ले स्तब्ध

Thankot Times

थानकोट ।

युरोकप फुटबल २०२४ मा आयोजक जर्मनीले विजयी सुरुवात गरेको छ ।

शुक्रबार राति भएको उद्घाटन खेलमा जर्मनीले स्कटल्याण्डलाई ५–१ गोलको जित निकाल्यो ।

जर्मनीका लागि फ्लोरियान व्रिट्ज, जमाल मुसियाला, काई हाभर्टज, निकलास फुलक्रुग,  एमरे चानले समान १-१ गोल गरेका थिए भने  एन्टोनियो रुडिगरले आत्मघाती गोल गर्दा स्कटल्याण्डले १ गोल उपहार पायो ।

प्रतियोगिता अन्तर्गत आज हंगेरी र स्वीजरल्याण्ड, स्पेन र क्रोयशिया, इटली र अल्बानीया तथा पोल्याण्ड र नेदरल्याण्ड्सबीच खेल हुने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *