टी-२० विश्वकप क्रिकेटः नेपाललाई दक्षिण अफ्रिकाले दियो ११६ रनको लक्ष्य
थानकोट ।
जारी आईसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाल सामु ११६ रनको विजयी लक्ष्य पेश गरेको छ।
आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला फिल्डिङ गरेको नेपालले दक्षिण अफ्रिकालाई २० ओभरमा ७ विकेट लिँदै ११५ रनमा रोकेपछि ११६ रनको विजयी लक्ष्य पाएको हो ।
सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए ।
नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।














