टी-२० विश्वकपमा न्युजिल्यान्डको पहिलो जित, पाकिस्तान पहिलो चरणबाटै नकआउट

Thankot Times

थानकोट । 

जारी टी-२० विश्वकपमा न्युजिल्यान्डले युगान्डालाई ९ विकेटले पराजित गरेको छ । किवीज टोलीको  जारी टी–२० विश्वकपमा यो पहिलो जित हो । यद्यपी सो टो

शनिबार बिहान भएको खेलमा युगान्डाले प्रस्तुत गरेको ४१ रनको झिनो लक्ष्य टोलीले ५.२ ओभरमा मात्र १ विकेटको क्षतिमा पछ्यायो । 

यसअघि टिम साउथीले ३ तथा ट्रेन्ट बोल्ट, मिेचल स्यान्टनर र रचिन रवीन्द्रले २–२ विकेट लिए भने युगान्डा १८.४ ओभरमा मात्र ४० रनमा समेटिएको थियो ।

समूह सी मा ३ खेलपछि न्युजिल्याण्डको २ अंक छ ।

४ खेल खेलेको युगान्डाको पनि २ अंक नै रहेको छ ।

यस समूहबाट अफगानिस्तान र वेस्ट इन्डिज यसअघि नै अर्को चरणमा प्रवेश गरिसकेका छन् ।

प्रतियोगिता अन्तर्गत हिजो शुक्रबारका लागि निर्धारित अमेरिका र आयरल्याण्डबीचको खेल वर्षाका कारण स्थगित भएको छ । सो पछि पाकिस्तानको अन्तिम ८ को यात्रा पूर्णविराम लागेको छ ।

सो खेलमा आयरल्याण्डले जितेको अवस्था भएको भए पाकिस्तानको सुपर ८ को सम्भावना जिवितै हुने थियो । 

तस्बिरः आईसीसी


Leave a Reply

Your email address will not be published. Required fields are marked *