क्रिकेट खेल्न नेपाललाई अफगानिस्तानको निम्तो !

Thankot Times

थानकोट ।

अफगानिस्तानले जारी टी-२० विश्वकप क्रिकेट सकिएलगत्तै नेपालसँग क्रिकेट खेल्ने भएको छ। अफगानिस्तान क्रिकेट काउन्सिलले नेपाललाई अफगानिस्तान भ्रमणको निम्तो दिएको हो।

विश्वकपपछि काबुल क्रिकेट रंगशालामा नेपालले अफगानिस्तानसँग खेल्ने तय भए पनि कस्तो ढाँचामा खेलाउने र अन्य कुन–कुन टोली सहभागी गराउने भन्नेबारे अफगान क्रिकेट काउन्सिलले प्रष्ट पार्न भने बाँकी नै छ ।

अफगानिस्तान जारी टी-२० विश्वकप क्रिकेटको सुपर ८ मा छनोट भएको छ भने नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *