टी-२० विश्वकप क्रिकेटः पहिलो चरणको अन्तिम खेलमा वेस्ट इन्डिज र अफगानिस्तानबीच खेल जारी
थानकोट।
अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी ट्वान्टी-२० अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा अहिले घरेलु टोली वेस्ट इन्डिज र अफगानिस्तानबीच खेल जारी छ ।
दुवै टोली सुपर ८ का लागि चयन भइसकेको अवस्थामा यो खेलको नतिजाले समुह सी को विजेताको टुंगो लगाउनेछ ।
दुवै टोलीले यसअघि खेलेका समान ३-३ खेल जितेका छन् ।
जारी खेलमा वेस्ट इन्डिजले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ।
यसअघि यही समुहमा रहेका न्युजील्याण्ड र पपुवा न्युगिनीबीचको खेलमा न्युजील्याण्डले सात विकेटको जित हात पारेको छ ।
पपुवा न्युगिनीले प्रस्तुत गरेको ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२.२ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि डेभन कनवे सर्वाधिक ३५ रन बनाए । उनले ३२ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।
यसअघि लोकी फर्गुसनको दुर्लभ कीर्तिमानको मद्दतले न्युजिल्यान्डले पपुवा न्युगिनीलाई ७८ रनमा सीमित गर्न सफल भएको थियो । खेलमा फर्गुसनले ४ ओभर बलिङ गर्दै चारै ओभर मेडेन राखेर ३ विकेट लिन सफल भए ।
टी–२० विश्वकपमा यस्तो उपलब्धि हासिल गर्ने उनी पहिलो बलर हुन् ।
न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले सोही खेलपछि टी-२० विश्वकपबाट सन्यास लिएका छन्। अन्तिम खेलमा उनले २ विकेट लिए ।















