रोहित पाैडेलसँग विवाद गर्ने बंगलादेशी बलरलाई आईसीसीको कारबाही, तान्जिमले गल्ती स्वीकारे
थानकोट ।
टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र बंगलादेशबीचको खेलमा नेपालका कप्तान रोहित पौडेलसँग विवाद गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई कारबाही कारबाहीमा परेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सकिबलाई म्याच फीको १५ प्रतिशत जरिवाना गर्दै कार्बाहीको निर्णय गरेको हो । सकिबले गल्ती स्वीकारेको समेत आईसीसीले जनाएको छ । सो पश्चात कुनै सुनुवाइ नहुने आईसीसीको भनाइ छ ।
आईसीसीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरेको जनाएको हो ।
सकिबले पिचको मध्य भागमा आएर रोहितलाई केही भनेका थिए । रोहितले पनि आक्रोशित हुँदै उनलाई जवाफ फर्काएका थिए ।
नेपाललाई ८५ रनमा अल आउट गर्न तान्जिमले ४ ओभरमा २ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिएका थिए । उनी सो खेलमा म्यान अफ दि म्याच समेत घोषित भएका थिए ।














