टी-२० क्रिकेट वरियता: अलराउन्डर वरियतामा छैटौं स्थानमा उक्लिए दीपेन्द्र

Thankot Times

थानकाेट ।

नेपालका क्रिकेटर दीपेन्द्र सिंह ऐरी पुरुष टी-२० मा अलराउण्डरको आइसीसी वरियतामा छैटौं स्थानमा उक्लिएका छन् ।

आइसीसीले हालै सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्रले तीन स्थानको सुधार गर्दै छैटौं स्थानमा उक्लिएका हुन् । दीपेन्द्रले हालै टी-२० विश्वकपमा राम्रो खेल प्रदर्शन गरेपछि उनको वरियतामा सुधार भएको हो ।

टी-२० को अलराउन्डर वरियताको शीर्ष स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस रहेका छन् । उनले अफगानिस्तानका मोहमद नावीलाई पछि पर्दै शीर्ष स्थानमा उक्लिएका हुन् । त्यस्तै दोस्रो स्थानमा बंगलादेशका शकिब अल हसन रहेका छन् । यस अघि चौथो स्थानमा रहेका शकिबले दुई स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन् ।

त्यस्तै यस अघि शीर्ष स्थानमा रहेका नावी भने चौथो स्थानमा झरेका छन् । त्यस्तै पाँचौं स्थानमा जिम्बाबेका सिकन्दर राजा रहेका छन् । दीपेन्द्र पछि भारतका हार्दिक पाण्डेय सातौं स्थानमा रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *