टी-२० विश्वकप- वेस्ट इन्डिजको पहिलो हार, इंग्ल्याण्ड ८ विकेटले विजयी

Thankot Times

थानकोट ।

इङल्याण्डले जारी टी-२० विश्वकपको सुपर आठमा वेस्ट इन्डिजलाई पराजित गरेको छ । बिहीबार बिहान सम्पन्न खेलमा इङल्याण्डले सह आयोजक वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य पछाएको इंल्याण्डले १७.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

इङल्याण्डका लागि फिल साल्टले सर्बाधिक ८७ रन बनाए भने जोनी बैरस्ट्रोवले अविजित ४८ रन बनाएका थिए । त्यस्तै कप्तान जोस बटलरले २५ र मोइन अलीले १३ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाउँदै १८० रन बनाएको थियो । वेस्ट इन्डिजका जोन्सन चार्लेजले सर्वाधिक ३८ रन बनाएका थिए भने निकोलस पुरन र कप्तान रोभमन पावेलले समान ३६-३६ रन बनाएका थिए । त्यस्तै शेरफान रुदरफोर्डले २८ र ब्रान्डन किंगले २३ रन बनाएका थिए ।

यो जितपछि इङल्याण्डले सुपर आठको समुह एकमा महत्वपूर्ण २ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ ।

अब इङल्याण्डले अर्को खेल शुक्रबार राति दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ ।

त्यस्तै वेस्ट इन्डिजले भने शनिबार बिहान अमेरिकासँग खेल्दै छ ।

प्रतियोगिता अन्तर्गत आज राति ८ः१५ बजे भारत र अफगानिस्तान आमुने सामुने हुँदैछन् ।

यसअघि हिजो बुधबार सम्पन्न सुपर आठको पहिलो खेलमा दक्षिण अफ्रिकाले घरेलु टोली अमेरिकाको चुनाैती पन्छाउँदै महत्वपूर्ण २ अंक हासिल गरेको छ ।

तस्बिरः आईसीसी


Leave a Reply

Your email address will not be published. Required fields are marked *