टी-२० विश्वकपः आयोजक अमेरिकामाथि इंग्ल्याण्डको १० विकेटको जित, क्रिस जोर्डनको ह्याट्रिक
थानकोट ।
जारी आईसीसी ट्वान्टी-२० विश्वकपको सुपर-८ मा अमेरिकाविरुद्ध १० विकेटको सहज जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको छ।
आइतबार ब्रिजटाउनमा सम्पन्न खेलमा अमेरिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य इंग्ल्यान्डले ९.४ ओभरमै विकेट नगुमाई भेटाएर अन्तिम–४ मा स्थान सुनिश्चित गरेको हो ।
इंग्ल्यान्डको जितमा विस्फोटक ब्याटिङ गरेका जस बटलरले ८३ रन बनाए । आक्रामकरूपमा प्रस्तुत भएका बटलरले ३८ बलमा ६ चौका र सात छक्का प्रहार गरे । अर्का ओपनर फिल साल्ट २५ रनमा अविजित रहे ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको अमेरिकाले १८.५ ओभरमा सबै विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो । अमेरिकालाई सस्तैमा समेट्न इंग्ल्यान्डका क्रिस जोर्डनले ह्याट्रिक विकेट लिएका थिए ।

प्रतियोगिता अन्तर्गत अहिले दक्षिण अफ्रिका र सहआयोजक वेस्ट इन्डिजबीच खेल भइरहेको छ । यो खेल जित्ने टोली प्रतियोगिताको सेमीफाइनलमा पुग्ने दोश्रो टोली हुनेछ ।
त्यस्तै आज अर्को खेल भारत र अस्ट्रेलियाबीच हुने छ । सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि हुने छ । भारतले सुपर आठका दुवै खेल जितेर ४ अंकसहित शिर्ष स्थानमा छ भने अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग हार बेहोरेको थियो । सेमिफाइनलमा पुग्न अस्ट्रेलियाले यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ ।
तस्बीरः आइसीसी