टी- २० विश्वकप: दक्षिण अफ्रिका सेमिफाइनलमा, आयोजक र सहआयोजक दुवै देश बाहिरिए
थानकोट ।
वेस्ट इन्डिजलाई स्तब्ध बनाउँदै दक्षिण अफ्रिका जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
सोमबार बिहान सम्पन्न सुपर आठको अन्तिम खेलमा दक्षिण अफ्रिकाले घरेलु टोली वेस्ट इन्डिजलाई डिएलएस मेथड अनुसार ३ विकेटले पराजित गरेको हो ।
वर्षाले प्रभावित खेलमा वेस्ट इन्डिजले १३६ रनको लक्ष्य दिएको भएपनि डिएलएस मेथड अनुसार दक्षिण अफ्रिकाले १७ ओभरमा १२३ रनको लक्ष्य पाएको थियो ।
सो लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउँदै पुरा गरेको थियो ।
हारसँगै वेस्ट इन्डिज भने विश्वकपबाट बाहिरिएको छ ।
सुपर आठको समुह २ बाट दक्षिण अफ्रीका पहिलो र इङ्ल्याण्ड दोस्रो हुँदै सेमिफाइनलमा पुगेका छन् ।
यो समुहमा रहेको आयोजक अमेरिकासमेत लगातार दोश्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ।














