टी-२० विश्वकप क्रिकेटः सेमीफाइनल पुग्ने तीन टोलीको टुंगो लाग्यो, अष्ट्रेलिया बाहिरिने संघारमा

Thankot Times

थानकोट ।

जारी टी-२० क्रिकेट विश्वकपको सेमिफाइनलमा भारतले स्थान बनाएको छ।

सुपर आठको अन्तिम खेलमा सोमबार राति अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

भारतले दिएको २०६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ट्राभिस हेदले सर्वाधिक ७६ रन बनाएका थिए भने भारतीय बलर अर्शदीप सिंहले ३ तथा कुलदीप यादवले २ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले कप्तान रोहित शर्माको ९२ रनको ब्याटिंगको मद्धतले २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको थियो ।

यो जितपछि भारत सुपर आठको समुह ए बाट शिर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ र अब सेमिफाइनलमा जुन २७ मा इङल्याण्डसँग खेल्नेछ ।

भारतसँगको हारपछि अस्ट्रेलियाको सेमिफाइनल यात्रा भने संकटमा परेको छ ।

अहिले बिहान जारी अफगानिस्तान र बंगलादेशको खेलपछि १ बाट सेमिफाइनलमा पुग्ने दोस्रो देशको टुंगो लाग्ने छ । खेलमा अफगानिस्तान विजयी भएमा सेमीफाइनल प्रवेश गर्नेछ । खेलमा बंगलादेश ठूलो अन्तरले विजयी भएमा बंगलादेश सेमीफाइनल पुग्नेछ । बंगलादेशले खेल जितेको तथ्यांकीय अनुपातमा मात्रै अष्ट्रेलियाको सेमीफाइनल यात्रा टुंगो लाग्नेछ ।

जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरिरहेको अफगानिस्तानले सामान्य खेल प्रदर्शन गरेको  छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *