टी-२० विश्वकपको उपाधि भारतले जित्यो, दुई क्रिकेटरले लिए टी- २० क्रिकेटबाट सन्यास
थानकोट ।
भारतले टी- २० विश्वकपको उपाधि जितेको छ ।
फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो ।
भारतले दिएको १७७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन बनाएको थियो ।
यस अघि भारतले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएको थियो ।
यो सहित भारतले दोस्रो पटक टी- २० विश्वकपको उपाधि जितेको छ । यस अघि भारतले २००७ मा पहिलो टी- २० विश्वकप जितेको थियो ।
त्यस्तै पहिलो पटक फाइनलमा पुगेको दक्षिण अफ्रिका भने उपविजेता बनेको छ ।
यसैबीच भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा तथा ब्याटर विराट कोहलीले टी-२० आइतबाट सन्यासको घोषणा गरेका छन् ।
आईसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा शनिबार राति दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै विश्वकप च्याम्पिपयन बनेसँगै कोहलीले अब भारतबाट टी-२० आई नखेल्ने घोषणा गरेका हुन् ।
शनिबारको खेलपछि भएको पत्रकार सम्मेलनमा कप्तान शर्माले ट्वान्टी-२० विश्वकपको फाइनल नै उनको टवान्टी-२० अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेल भएको बताएका हुन् ।
तस्बिरः एएफपी











