कोलम्बिया र अर्जेन्टिना कोपा अमेरिका कप-२०२४ को उपाधिका लागि भिड्ने
थानकोट ।
कोलम्बिया कोपा अमेरिकाको फाइनलमा पुगेको छ ।
जारी कोपा अमेरिकाको सेमिफाइनलमा उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
कोलम्बियाका लागि खेलको ३९औं मिनेटमा जेफेरसन लेर्माले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस खेलमा पहिलो हाफको इन्जुरी समयमा कोलम्बियाका डानियल मुन्जोले रातो कार्ड पाएपछि कोलम्बिया दोस्रो हाफ १० खेलाडीमा खेलेको थियो ।
योसँगै कोलम्बियाले फाइनलमा अर्जेन्टिनाको सामना गर्ने छ ।
फाइनल खेल आइतबार बिहान नेपाली समय अनुसार ५:४५ बजेदेखि शुरु हुने छ ।














