यू-२० साफ च्याम्पियनशिप- २०२४ को खेल तालिका फेरियो
थानकोट ।
२० वर्षमुनिको साफ च्याम्पियनशिपको खेल तालिका परिवर्तन भएको छ।
पाकिस्तानले आफ्नो नाम फिर्ता लिएपछि आज नयाँ खेल तालिका सार्वजनिक गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
च्याम्पियनशिपका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आगामी भदौ २ गतेदेखि १२ गते (अगष्ट १८-२८) सम्म हुनेछ।
उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकाको सामना गर्ने एन्फाले जनाएको छ।
दोस्रो खेलमा भुटान र भारत खेल्नेछन्। समूह चरणको दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध खेल्नेछ।
समूहका शीर्ष २ टोलीले सेमिफाइनल खेल्नेछन्।
फाइनल खेल अगष्ट २८ तारेखमा हुनेछ।
च्याम्पियनशिपको समूह ‘ए’मा नेपाल, बंगलादेश र श्रीलंका छन् भने समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन्।
तालिका हेराैं















