अर्जेन्टिनाले जित्यो १६औं पटक कोपा अमेरिकाको उपाधि, जेम्स रोड्रिगेजलाई गोल्डेन बल

Thankot Times

थानकोट।

अर्जेन्टिनाले १६औं पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।

सोमबार बिहान सम्पन्न कोपा अमेरिका-२०२४ प्रतियोगिताको फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको समयमा दुवै देशले कुनै गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । खेलको ११२औं मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णयाक गोल बनेको थियो ।

यस खेलमा घाइते भएपछि लियोनेल मेसी खेलको ६७औं मिनेटमा नै मैदानबाट बाहिरिएका थिए ।

अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेको छ भने अहिलेसम्म कुल सबैभन्दा बढी १६ पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।

अर्जेन्टिनापछि १५ पटक उरुग्वेले कोपा अमेरिकाको उपाधि जितेको छ ।

व्यक्तिगत विधामा को अब्बल ? 

कोलम्बियाका जेम्स रोड्रिगेज जारी संस्करणको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

अर्जेन्टिनाका फरवार्ड लौटारो मार्टिनेज प्रतियोगिताको उच्च गोलकर्ता बने ।

फाइनलमा निर्णायक सहित उनले प्रतियोगिताभर कुल ५ गोल गरे । यस्तै, अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेज प्रतियोगिताको उत्कृष्ट गोलकिपर चुनिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *