केपी ओली सरकारमा ३ जना राज्य मन्त्री नियुक्त

Thankot Times

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना राज्यमन्त्री नियुक्त गरेका छन् ।

उनले नेपाली कांग्रेसका दुई जना र नाउपाबाट एक जना राज्यमन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसले सांसदहरु रुपा बिक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्री बनाएको छ भने नाउपाले अरुण चौधरीलाई राज्यमन्त्री बनाएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुण चौधरी, वन राज्यमन्त्रीमा रूपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर तामाङलाई नियुक्त गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *