नेपाल तरुण दलले २९ फागुनसम्म पूर्णकालीन सदस्यता वितरण गरिसक्ने

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको भ्रातृसंस्था तरुण दलले २९ फागुनसम्म सङ्गठनको पूर्णकालीन सदस्यता वितरण गरिसक्ने निर्णय गरेको छ ।

बुधबार बसेको केन्द्रीय समिति र जिल्ला अध्यक्षहरूको संयुक्त बैठकले २९ फागुनसम्म सदस्यता वितरण गरिसक्ने निर्णय गरेको अध्यक्ष विद्वान गुरुङले जानकारी दिए । 

दलको अर्को बैठक चैत २ र ३ गते काठमाडौँमा बस्ने र त्यसले चैत मसान्तसम्म महाधिवेशन गरिसक्ने गरी कार्यतालिका सार्वजनिक गर्ने निर्णय पनि बैठकले गरेको छ । 

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा महाधिवेशन निर्देशन समिति संयोजक कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय, कांग्रेस केन्द्रीय सदस्यद्वय सरिता प्रसाई र जितजंग बस्नेत पनि सहभागी थिए । 

कांग्रेसले केही समयअघि महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको चैत मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *