नेपाली काँग्रेस स्थानीय तह समन्वय विभागमा १० जना मनोनीत (सूचीसहित)
थानकोट ।
नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागमा सदस्यहरू मनोनीत भएका छन् ।
सभापति शेरबहादुर देउवाले विधानअनुसार मधु आचार्य प्रमुख रहेको विभागमा १० सदस्य मनोनीत गरेका हुन् ।
मनोनीत हुनेहरुमा गीता सत्याल, उमा थापा, विनोद यादव, रविन राई, डा. हेमराज लामिछाने, पुरुषोत्तम नेपाल, राजु गुरूङ, बाबुकृष्ण सापकोटा, गोरख बहादुर सुनार र निर्प खड्का रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।















